दफा
विशेष परिस्थितिमा मध्यस्थको पूर्ति
  (१) मध्यस्थताको लागि नियुक्त भएको कुनै मध्यस्थले राजीनामा दिएमा वा मध्यस्थ हुन इन्कार गरेमा वा निजको मृत्यु भएमा वा अन्य कुनै कारणले निजको स्थान रिक्त हुन गएमा त्यसरी स्थान रिक्त भएको साधारणत तीस दिनभित्र सो स्थान निज नियुक्त हुँदाकै प्रकृया अनुसार अर्को मध्यस्थ नियुक्त गरी पूर्ति गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र मध्यस्थको रिक्त स्थानको पूर्ति हुन नसकेमा त्यस्तो म्याद नाघेको पन्ध्र दिनभित्र कुनै पक्षले उच्च अदालतमा निवेदन दिन सक्नेछ । त्यस्तो निवेदन परेकोमा साधारणतः पन्ध्र दिनभित्र उच्च अदालतले दफा ७ को अधीनमा रही मध्यस्थ नियुक्त गरिदिनु पर्नेछ ।